दलित महिलाको राजनीतिक नेतृत्वको खोजी

असल शासन प्रतिनिधि

बाँके/ विभिन्न राजनीतिक दलहरुमा दलित महिलाहरुको सहभागिता वृद्धि गर्नुपर्ने कुरामा बाँकेका विभिन्न दलमा आवद्ध नेताहरुले वताएका छन । उनीहरुले दलित महिलाहरुको सहभागिताको विषयमा धेरै पटक आवाज उठाउँदा समेत व्यवहारिक पाटो कमजोर भएकोको दुःख व्यक्त गरेका छन ।

दलित महिला संघ बाँकेको आयोजनामा आइतावार नेपालगन्जमा आयोजित विभिन्न राजनीतिक दलका भागिनी संगसंगठनहरुमा दलित महिलाको सहभागिता र प्रतिनिधित्व विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो वताएका हुन ।

संघका अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा भएको कार्यक्रमा समाजवादी पार्टि बाँकेका अध्यक्ष दिपा राना मगर,राप्रपा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका केन्द्रीय सदस्य मिना श्रेष्ठ,अखिल नेपाल महिला संघ बाँकेका अध्यक्ष फना शर्मा ,कोहलपुर नगरपालिका कार्यपालिका सदस्य शान्ति सुनार ,नेपाल महिला संघ बाँके सभापति नारायणी रुपाखेती लगायतले महिला सहभागिता वृद्धि गर्दा भोगेका समस्यावारे चर्चा गरेका थिए ।

उनिहरुले महिलाहरुको राजनीतिमा सहभागिता वृद्धि गर्नका लागि सहभागिता मात्र भएर नहुने अव राजनीतिक अधिकार प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा दलित महिला संघमा यस अगाडिको कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरिएको संघका कार्यक्रम संयोजक दिलिशा गौतमले वताइन ।

सम्मानितहरुलाई अधिवक्ता विश्वजित तिवारी र संघका अध्यक्ष निर्मला सुनारले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा ४० बढी विभिन्न दलहमा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।

 

  • ५ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech