३ लाख बराबरको भन्सार छलिका सामान बरामद

असल शासन प्रतिनिधि

कञ्चनपुर/कञ्चनपुरमा सशस्त्र प्रहरी बलले करिब ३ लाख बराबरको भन्सार छलिका सामान बरामद गरेको छ।

२ लाख ८३ हजार ८ सय ७६ बराबरका विभिन्न किरानाका सामान, बोइलर कुखुरा तथा कपडाहरु बरामद गरीएको हो ।

बरावद गरिएका सामाग्रि तथा वस्तुहरु आवश्यक कारवाहीका लागि पशु क्वारेन्टिन कार्यालय र कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech