संक्रमण न्यूनीकरणका लागि डुडुवाद्वारा सुरक्षा सामाग्री वितरण

असल शासन प्रतिनिधि

डुडुवा (बाँके)/कोरोना महामारीको संक्रमणको दर तीव्र रूपमा बढेपछि स्थानीय तहहरुले पनि जोखिम न्युनीकरणका लागि आवश्यक तयारी थालेका छन् । शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि डुडुवा गाउँपालिकाले उच्च सतर्कता अपनाएको छ । गाउँपालिकाले बढी संक्रमण देखिएको डलैपुर मावि र आधारभूत विद्यालय अम्रहवा बन्द गरेको छ भने अन्य विद्यालयहरुमा स्वस्थ्य सुरक्षा अपनाएर संचालन गरिएको छ ।
गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा आइतबारदेखि स्वस्थ्य सुरक्षा सामाग्री वितरण गर्न सुरु गरिएको छ । विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई मास्क, हात धुने साबुन र डिर्टजेन्ट पाउडर, ज्वरो नाप्ने थर्मलगन, सेनेटरी प्याड लगायतका सामाग्री वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष नरेन्दकुमार चौधरीले बताए । उनका अनुसार अहिले विद्यार्थी र शिक्षकलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराई सावधानी अपनाइएको छ ।
डुडुवामा १६ वटा सामुदायिक विद्यालय, १४ वटा मदरसा, ७२ वटा बालविकास केन्द्र र १ वटा गुरुकुल रहेको शिक्षा शाखाले जनाएको छ । ती सबै विद्यालयहरुमा जोखिम न्युनीकरण गर्नका लागि स्वास्थ्य सामाग्री वितरण गरिनेछ । गाउँपालिकाले कोरोना संक्रमणको जोखिम न्युनीकरण र संक्रमित बिरामीको उपचारका लागि कोभिड वार्डको व्यवस्थापन गरिरहेको छ ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech