चौरजहारी अस्पतालका डाक्टर पक्राउ

असल शासन प्रतिनिधि

रुकुम पश्चिम/ चौरजहारी अस्पतालमा कार्यरत एक जना डाक्टर पक्राउ परेका छन् । अस्पतालका डा. दिपेन्द्र गौतमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो ।

शैक्षिक योग्यताका प्रमाणपत्र सम्बन्धीको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिखत सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौको पक्राउ आदेशपछि उनलाई पक्राउ गरिएको हो । मनाङ जिल्लाको कामे गाउँपालिका वडा नम्बर ५ निवासी डा. गौतम चौरजहारी अस्पतालमा कार्यरत थिए । ३१ वर्षीय गौतमको एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग उनिमाथि रहेको छ ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech