कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

असल शासन प्रतिनिधि

कैलाली / कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। टिकापुर नगरपालिका १ बस्ने ६० वर्षीय राजु चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

सत्तिबाट टिकापुर आउनेक्रममा टिकापुर ५ मौरानियामा चन्दले चलाएको से ७ प १३४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

पछाडी सवार सोही ठाउँका ४५ वर्षीय अनिल जोशि घाइते भएका छन्।

जोशिको टाउकोमा चोट लागेको छ ।

उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आइतबार राति ८ बजेको समयमा भएको उक्त दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा चन्दको बाटोमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech