रुकुम पश्चिममा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु 

असल शासन प्रतिनिधि

रुकुम पश्चिम / कोरोना भाईरसको संक्रमणका कारण रुकुम पश्चिमका एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान जिल्ला अस्पताल सल्लेमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ की ४० बर्षिय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

ज्वरो आएको र श्वासप्रश्वासमा गाह्रो भएपछि गत शनिबार उनी अस्पताल भर्ना भएकी थिईन । आज बिहान अकस्मात ज्वरो बढी भई बेहोस भएपछि मृृत्यु भएको स्वास्थ्य सेवा कार्यालय रुकुमका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । मृतक महिला एक हप्ता अघि भारतबाट घर आएकि थिईन् ।

आजै जिल्लाको त्रिवेणी गाउँपालिकाका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन रावलले जनाए । संक्रमित हुनेहरुमा एक पुरुष र एक महिला रहेका छन् ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech