कानून निर्माणका लागि प्रशिक्षण

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय तहमा कानून निर्माण विषयमा प्रशिक्षण दिन थालिएको छ ।

जिआईजेडको प्राविधिक सहयोग तथा नेपाल कानून समाजको सहयोगमा शुक्रबारदेखि ३ दिने प्रशिक्षण कार्यक्रमको सुरुवात भएको हो । प्रशिक्षणको उद्घाटनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कानून निर्माणका सन्दर्भमा जनप्रतिनिधीसँगै कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले जनभावना अनुसार कानून निर्माणमा ध्यान दिइएको बताए । उपप्रमुख उमा थापा मगरले कानून निर्माण स्थानीय तहका लागि ठुलो चुनौती भएको भन्दै अबको एकवर्ष नेपालगन्जमा अधिकाँश प्रमुख कानूनहरु निर्माण भईसक्ने बताइन ।

कार्यक्रममा नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष शिवकुमार श्रेष्ठ, सचिव पदम पाण्डे लगायतले कानून निर्माण गर्दा नागरिकको सहजतामा ध्यान दिनुपर्ने बताए ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech