भेरी अस्पताल खोप केन्द्रबाट कोभिड–१९ बिरुद्धको दोस्रो चरणको खोप बैशाख ७ र ८ गते

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ बाँकेको भेरी अस्पताल नेपालगन्ज खोप केन्द्रबाट कोभिड–१९ बिरुद्धको दोस्रो चरणको खोप बैशाख ७ गतेदेखि लगाइने भएको छ ।

कोभिड–१९ बिरुद्धको खोप माघ १४ देखि २४ गते तथा फाल्गुन २ देखि १० गतेसम्मका प्रथम चरणको खोप लगाएका व्यक्तिहरुका लागी दोस्रो चरणको खोप बैशाख ७ र ८ गते लगाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्लाका सबै गाउँपालिका, उपमहानगरपालिका र नगरपालिका तथा भेरी अस्पतालको खोप केन्द्रबाट दिने तयारी पुरा भएको छ ।

पहिलो चरणको खोप लगाएका व्यक्तिहरुले आ–आफ्नो खोप कार्डसहित सम्बन्धित खोप केन्द्रमा गई दोस्रो चरणको खोप लगाउन सक्ने छन ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech