कोरोना कहरः २० वर्षीया स्टाफ नर्सको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोरोना संक्रमणका कारण २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको छ । बाँकेको भेरी अस्पतालमा उपचाररत दाङ तुलसीपुर–११ निवासी अनिशा ओलीको मृत्यु भएको हो । मृतक ओलीले स्वास्थ्य अवस्था असामान्य  भएपछि आरटी चेक गराउन नेपालगन्जस्थित बागेश्वरी ल्याब कोहलपुरमा पीसीआर जाँच गराएकी थिइन् । वैशाख १ गते आएको पीसीआर रिर्पोटमा कोरोना पोजेटिभ देखिएपछि सोही दिन उनलाई भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।

बाँकेका कोरोना फोकल पर्शन ओलीका अनुसार लक्षणसहित संक्रमित उनलाई ४–५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech