बाँकेमा साता व्यापी लकडाउनको तयारी

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोरोना सक्रमितको सख्या दिनानुदिन बढ्न थालेपछि बाँकेमा एक साताका लागि लकडाउन गर्ने तयारी थालिएको छ ।
डिसिसिएमसीेको आज बसेको बैठकले कम्तिमा एक साताका लागि जिल्लामा लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले कोरोनाको चेन तोड्नका लागि लकडाउन गर्नुपर्ने निष्कर्ष निकाल्दै लकडाउनको थप निर्णय प्रमुख जिल्ला अधिकारीले गर्ने गरि सिफारिस गरेको डिसिसिएमसिले जनाएको छ ।
यसरी समितिले प्रमुख जिल्ला अधिकारीलाई लकडाउनको सिफारिस गरेसँगै बाँकेको नेपालगन्जमा मात्रै भएपनि बिहीबारदेखि लकडाउन गर्ने गरि तयारी अगाडी बढाईएको बताईन्छ । नेपालगन्जमा पछिल्ला केही दिन यता सयौको सख्यामा कोरोना सक्रमित थपिदै आएका छन् भने अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेडको अभाव हुन थालेको छ ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech