बस र ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु, २४ घाइते

असल शासन प्रतिनिधि

बुटवल / कपिलवस्तुको चम्पापुरमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी बस चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–२ बस्ने २७ वर्षीय बस चालक कृष्णबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।

बस र ट्रक एकपसमा ठोक्किँदा  गम्भीर घाइते चालकको उपचारका लागि बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र दाङबाट बुटवल आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech