चिन्नुहुन्छ यी को हुन् ?

असल शासन प्रतिनिधि

बाँके/२०५१ सालमा भारत कामको शिलसिलामा गएका बिरगंज जितपुर ठेगाना बताउने बर्ष ५९ को भक्त बहादुर तामाङ बाँके प्रहरीको सम्पर्कमा आएका छन ।

भारतको किन्वर स्थित अलपत्र अवस्थामा फेला पारी सोही स्थानमा बसोबास गर्ने नेपालीहरुले नेपाल सम्म ल्याई जिल्ला प्रहरी कार्यालय बाँके सम्म ल्याएका हुन ।

तामाङले १५ बर्ष देखी भारतको किन्वर गल्लि भन्ने ठाउँमा जितराम नेगिको घरमा काम गर्दै आएको प्रहरी समक्ष बताएका छन । १५ दिन अघि कामगर्ने ठाउँमा झगडा भए पछी साहुले कामबाट निकाली दिएको बताएका तामाङले मानसिक सन्तुलन समेत गुमाएका छन ।

उनको भनाई अनुसार बर्दिया बिजयनगर दमौलि भन्ने ठाउँमा दाजुभाईहरु छन । उनको साथमा परिचय खुल्ने कुनै पनि किसिमको कागज पत्र नरहेको बाँके प्रहरीले जनाएको छ ।

भक्त बहादुर तामाङका अनुसार बुवा पासाङ तामाङ, आमा बुद्धि ग्यालुङ,दाई बल बहादुर तामाङ र भाई मन बहादुर तामाङ हुन । उनलाई चिन्नेले बाँके प्रहरीलाई खबर गरिदिन बाँके प्रहरीले आग्रह गरेको छ ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech