मंगलबार ३५३ को नमुना परीक्षण गर्दा बाँकेमा २८५ जनामा कोरोना संक्रमण पुष्टि

असल शासन प्रतिनिधि

 

बाँके/ बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि सजकता अपनाउन थालिएको छ भने परिक्षणको दायरा पनि बढाउन थालिएको छ ।

मंगलबार एकैदिन २८५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३५३ जनाको नमुना परीक्षण गर्दा २८५ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेमा कोरोना संक्रमण र संक्रमणका कारण मृत्यु दर पनि बढ्दै गएपछि स्थानीय प्रशासनले लकडाउनको तयारी समेत गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले तीब्र रुपमा बढेको कोरोना संक्रमण रोक्न लकडाउन गर्नुको विकल्प नभएको भन्दै आगामी बिहीबारदेखि कम्तिमा एकसाता लकडाउन गर्न सिफारिस गरेको हो ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech