कतारको मुद्रा यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकको आग्रह,असार १७ गतेदेखि नचल्ने

असल शासन प्रतिनिधि

 

काठमाडौं / हाल चलनचल्तीमा रहेको चौथो संस्करणको कतारको मुद्रा अबदेखि नचल्ने भएको छ ।

राष्ट्र बैंकले त्यस्ता नोट भए आगामी २७ गतेसम्म सटही गरिदिने बताएको छ । २७ गतेपछि भने सटही गर्न बाध्य नहुने राष्ट्र बैंकले बताएको छ ।

 

राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था वा इजाजतप्राप्त मनिचेन्जरहरुबाट कतारी रियाल सटही गर्न सकिने छ

 

कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेपछि अब नेपालीले सटही गरिहाल्नुपर्ने अवस्था आएको छ ।

 

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech