सुदुरपश्चिमको कैलाली र कंचनपुरमा प्रशासनको कडाई

असल शासन प्रतिनिधि

सुदुरपश्चिमको कैलाली र कंचनपुरमा प्रशासनको कडाई

कैलाली / कोभिड सक्रमणको जोखिम बढ्दै गएपछि सुदुरपश्चिम प्रदेशको कैलाली र कन्चनपुरमा प्रशासनले कडाई गरेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र कंचनपुरले भिमदत्त नगरपालिकाका सम्पूर्ण बिद्यालय बन्द गर्ने निर्णय गरेको छ भने आम नागरिकलाई स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न अपिल गरेको छ । यस्तै बैठकले जिल्लामा सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थक्लव, जिमखाना, स्वीमिङ फुल, हाटबजार, फुटसल बन्द गर्न सुचना जारी गरेको छ। यस्तै बढी मानिस भेलाहुने गरी सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको छ । मठ, मन्दीर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरा गरी नित्य पूजा, ध्यान र प्राथना मात्रै गर्न पाइने व्यवस्था गरिएको छ । प्रशासनले जारी गरेको आदेशको अवज्ञा गर्नेलाई कार्वाही गर्ने जनाएको छ ।
यस्तै सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि स्थानीय प्रशासनले आशिंक रुपमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै धनगढी उपमहानगरपालिकाकासँगै अन्य स्थानीय तहमा समेत सम्पूर्ण विद्यालय १० दिन सम्म बन्द गर्न भनीएको छ । यस्तै जिल्लामा कुनै पनि भेला तथा भिडभाड हुने कार्यक्रम गर्न नपाउने जनाएको छ ।

 

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech