कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट बनाइ पैसा असुल्ने गिरोह पक्राउ

असल शासन प्रतिनिधि

काठमाण्डौ/ एकातिर कोरोना महामारी फैलिएको छ भने अर्कोतिर कोरोना रिपोर्ट नेगेटिभ बनाउने चलखेल भइरहको छ । यस्ता कार्यले कोरोना नियन्त्रणमा वाधा उत्पन्न हुने गरेको छ ।

यस्तै कार्यक्रमा संलग्न भएको आरोपमा काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूहलाई प्रहरीले पक्राउ गर्न सफल भएको वताएको छ ।

उनीहरुले प्रतिव्यक्ति नौ हजार रुपैयाँ लिइ नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ ।

पक्राउ पर्नेमा झापा गौरादह घर भइ हाल पेप्सीकोला बस्ने ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, मोरङ विराटनगरका व्रजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, दोलखा वैतेश्वरी घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंह रहेका छन ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने आठ जनालाई पक्राउ गरिएको गरिएको हो ।

प्रहरी टोलीले स्वाब सङ्कलन तथा परीक्षण नै नगरी ‘पीसीआर टेष्ट नेगेटिभ’ भनी उल्लेख भएका चार थान नक्कली परीक्षण रिपोर्टसहित उनीहरुलाई पक्राउ गरेको हो ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech