दाङमा मोटरसाइकल र ट्याक्सी ठोक्किँदा एक बालकको ज्यान गयो

असल शासन प्रतिनिधि

दाङ/  दाङमा मोटरसाइकल र ट्याक्सी एकआपसमा ठोक्किँदा एक बालकको ज्यान गएको छ ।

मंगलबार बेलुकी बबई गाउँपालिका ६ पञ्चकुलेमा रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र भे १ ज १००२ नम्बरको ट्याक्सी ठोक्किँदा मोटरसाइकलमा रहेका बालक बबई गाउँपालिका ६ मोतिपुर ८ वर्षका स्पर्श आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आचार्यका बुवा ३९ वर्षका सुदीप आचार्य र आमा २८ वर्षकी पार्वती आचार्य भने घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech