बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ ,थप दुई जनाको मृत्यु

असल शासन प्रतिनिधि

 

नेपालगन्ज / बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या वढ्दै गएको छ ।

मृतकको संख्या बढेसंगै त्रास फैलिएको छ । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १२ का ९० वर्षीय पुरुषको आज वुधवार विहान ७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।

उनका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का ७० वर्षीय पुरुषको गएराती १२ बजे मृत्यु भएको छ ।

यो अवस्थालाई मध्यनजर गर्दे आज राती १२ बजेबाट लागु हुने गरी नेपालगन्जमा लकडाउन गरिएको छ ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech