सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो

असल शासन प्रतिनिधि

काठमाडौं / बुधबार नेपाली बजारमा सुन प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मंगलबारको तुलनामा १० रुपैयाँले बढेको हो ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech