घरमा आगलागी हुँदा सल्यानमा एक जनाको मृत्यु

असल शासन प्रतिनिधि

सल्यान/ गर्मी बढेसंगै आगलागीका घटनाहरु बढ्दै गएका छन । घरमा आगलागी हुँदा सल्यानमा एक जनाको ज्यान गएको छ ।

आगलागीबाट शारदा नगरपालिका १० मदाना निवासी ३० वर्षीय राम बहादुर सुनारको सुती रहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मङ्गलवार राती करिब १० बजेको समयमा उज्यालोको रुपमा प्रयोग हुने सल्लाको दियालोबाट आगलागी हुँदा उनको मृत्यु भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

उनी घरमा एक्लै थिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech