अत्यावश्यक बाहेकका सवै सेवा ठप्प:उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास

असल शासन प्रतिनिधि

 

नेपालगन्ज / कोरोना कहरलाई मध्यनजर गर्दे उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अत्यावश्यक बाहेकका सवै सेवा वन्द रहने बताएको छ ।

उच्च अदालत तुलसीपुर ,नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीशको अध्यक्षतामा सबै न्यायधीशहरु,उच्च सरकारी वकिल कार्यालय ,नेपालगन्जका प्रतिनिधि र उच्च अदालत बार एशोसिएसन नेपालगन्जका पदाधिकारीहरुको आज बुधवार वसेको बैठकले सो निर्णय गरेको उच्च अदालत बार एशोसिएसन नेपालगन्जका अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र वैशाख ८ गते राती १२ बजे देखि वैशाख १५ गते राती १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेबाट निषेधाज्ञा जारी गरेकाले सो अवधीभर बन्दीप्रत्यक्षीकरण ,कोभिड १९ सँग सम्बन्धित रिट निवेदन ,पक्राउ पूर्जी जारी ,जरुरी पक्राउ पूर्जी समर्थन ,अभियोगपत्र दर्ता ,बयान र थुनछेक आदेशका कार्य बाहेक अदालतबाट प्रवाह ुहने अरु सेवाहरु स्थगन गर्ने निर्णय भएको बारका अध्यक्ष श्रेष्ठले बताए ।

निषेधाज्ञा अवधि थप भएको अवस्थामा पुनः बार बेञ्चबीच बैठक बसी सोही अनुरुप निर्णय गर्ने निर्णय भएको छ ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech