निषेधाज्ञा अवधिभर सिमित सेवा मात्र प्रदान गर्नेः जिल्ला अदालत बाँके

असल शासन प्रतिनिधि

नेपालगन्ज /  कोरोना कहरलाई मध्यनजर गर्दे बाँके जिल्ला अदालतले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा मात्र प्रदान गर्ने भएको छ ।

आज बसेको बार र बेञ्चको बैठकबाट बन्दीप्रयक्षीकरण ,म्याद थप ,जरुरी पक्राउ पुर्जी जारी तथा समर्थन ,अभियोग पत्र दर्तातथा थुनछेक ,मिलापत्र तथा मुद्धा फिर्ता ,घरेलु हिंसाका मुद्धाहरु दर्ता ,कल डिटेल अनुमति प्रदान गर्ने बाहेक सम्पुर्ण सेवाहरु यस अवधिमा प्रदान नर्गे बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष जनक बहादुर शाहीले जानकारी दिए ।

निषेधाज्ञा थप भएको अवस्थामा पुनः बार बेञ्च र सरकारी वकीलबीच बैठक बसी सोही अनुरुपको निर्णय गर्ने अध्यक्ष शाहीले बताए ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech