वैशाख महिनामा हुम्लामा हिमपात

असल शासन प्रतिनिधि

हुम्ला/  उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात भएको छ । वैशाख महिनामा एक्कासी हिमपात भएपछि स्थायिन अचम्भित भएका छन् ।

पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा के कारणले होला भनेर चकित वनेका छन ।

हिमपात हुँदा चिसो बढेको स्थानियले वताएका छन ।

हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ । यस्तै उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ जमेको छ ।

लामो समयपछि जिल्लामा हिमपात र वर्षा हुँदा किसान खुशी भएका छन् ।

हिमपात हुँदा खनजोत गर्न सजिलो हुने भन्दै किसान खुशी भएका हुन् । कात्तिकमा उत्पादन हुने बालीका लागि आकाशेपानीको भरमा आजभोलिको समयमा खनजोत गरेर यहाँका किसानले छर्कने गर्दछन् ।

यो पटक परेको वर्षा र हिमपातले कात्तिक, असोज महिनामा उत्पादन हुने कोदो, चिनो, कागुनो, मकै, सिमी, फापरका लागि सहज बनाएको बताइएको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech