चट्याङ्ग लागेर एक व्यक्तिको मृत्यु

असल शासन प्रतिनिधि

रौतहट /  रौतहटमा चट्याङ्ग लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

विहिवार बिहान चटयाङ्ग लागेर गुजरा नगरपालिका ८ को जयराजपुरमा रामलखन महराको मृत्यु भएको हो ।

गुजरा ७ घर भएका महरा आफन्तको बिहेमा जयराजपुर आएका थिए ।

बिहान ५ बजे खेतमा शौच गर्न गएको बेला उनलाई चटयाङ्ग लागेको प्रहरीले जनाएको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech