हतियारसहित युवक पक्राउ

असल शासन प्रतिनिधि

बिरगन्ज/  मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षीय राजु रानामगरलाई प्रहरी चौकी इनर्वाको टोलीले हतियार सहित पक्राउ गरेको छ ।

बुधबार साँझ ६ बजे वीरगञ्ज– १६ शंकराचार्य गेटबाट फक्राउ परेका राजुको साथबाट सनमाइका लेखेको पेस्तोल र खाली म्याग्जिन २ थान फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

उनलाई हातहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech