गर्भवती, सुत्केरी र बिरामीलाई अण्डा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कुखुरा विकास फार्म खजुराले गर्भवती, सुत्केरी र बिरामीहरूलाई अण्डा वितरण गरेको छ । नवौं राष्ट्रिय पोल्ट्री दिवसको अवसर पारी एक कार्यक्रमको आयोजना गरी खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी, सुत्केरी तथा गर्भवती महिलाहरुलाई अन्डा वितरण गरिएको हो ।

एक दिन होइन हरेक दिन, अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ पहिचान भन्ने नारा लिएर मनाइएको पोल्ट्री दिवसमा अण्डामा पाइने विशेष तत्वले पुगाउने फाइदाको बारेमा पनि चर्चा गरिएको थियो । कुखुरा विकास फार्म खजुराका प्रबन्धक डा. शंकर न्यौपानेको अध्यक्षतामा भएको अण्डा वितरण कार्यक्रममा खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बिरामी, सुत्केरी र गर्भवतीलाई अण्डा वितरण गरेर शुभारम्भ गरेका थिए ।

मानिसलाई आवश्यक पर्ने प्रोटिन अण्डाबाट प्राप्त गर्न सकिने भएको हुँदा यसको प्रयोग दिनहुँ गर्न कुखुरा विकास फार्मका प्रबन्धक डा. न्यौपानेले अनुरोध गरे । अण्डा वितरण कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसी, अस्पतालका कार्यकारी निर्देशक डा. कृष्ण आचार्य, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारी, खजुरा पशु सेवा शाखाका निमित्त प्रमुख तारा खड्का, कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष लाल बहादुर खत्रीलगायतको उपस्थिति थियो ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech