खजुरामा पनि बाल क्यान्सर उपचार

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको खजुरामा कान्ति बाल अस्पतालको सहकार्यमा बाल क्यान्सरको उपचार शुरु गरिने भएको छ । पश्चिम नेपालका जनताहरुलाई बाल बालिकाहरुको लागि क्यान्सरको उपचार गर्न कि त भरतपुर या काठमाडौको कान्ति अस्पताल जान पर्ने बाध्यता थियो ।
अब यो बाध्यता हट्ने भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । अब उपरान्त सुरुको कान्ति अस्पतालमा उपचार सुरु गरिएपछि त्यसपछिको बाल क्यान्न्सरको उपचार बाँकेको खजुरामै हुने निश्चित भएको हो ।

जनताको प्रत्यक्ष लगानीबाट शुरु गरिएको बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले छोटो समयमै नयाँ नयाँ सेवा थप गर्दै लिएको छ । २०७५ साल असार ११ गतेखि संचालनमा आएको क्यान्सर अस्पताल पूर्णरुपमा संचालनमा आउन नसके पनि सेवा विस्तार भने गर्दै आएको छ । अब सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा बाल बालिकामा हुने क्यान्सरको उपाचार गर्ने उद्देश्यले कान्ति बाल अस्पतालले सहकार्य अगाडि बढाएको छ ।

दूरदराजबाट बालबालिकालाई काठमाडौं पु¥याएर उपचार गर्न महंगो हुनुका साथै समय पनि धेरै लाग्ने भएकाले देशका विभिन्न अस्पतालसंंग सहकार्य गर्दै बाल क्यान्सरको उपचार गर्न सहकार्य गर्न लागिएको हो । कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर बिष्णुरथ गिरी हाललाई सशुील कोइराला क्यान्सर अस्पतालमा उपलब्ध जनशक्तिलाई नै प्रयोग गरेर बाल क्यान्सर उपचार सेवा शुरु गरिने बताउँछन् । उनले नेपालका सीमित ठाउँमा मात्र बाल क्यान्सरको उपचार सेवा भएकाले बिरामीका परिवारले ठूलो रकम खर्च गरेर काठमाडौं र भरतपुर लिने भएकाले यसलाई सरलीकरण गर्न सम्भव भएका ठाउँहरुमा सेवा दिने उद्देश्यले खजुरासंग सहकार्य गर्न थालिएको बताए ।

प्रादेशिक रुपमा पनि बाल क्यान्सरका उपचार गराउन प्रयासको थालनी गरिएको कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर गिरीले जनाए । विरामिको उपचारमा सेयर केयर सेन्टर अर्थात विरामिको उपचारलाई बाढेर सहकार्यमा गर्ने नयाँ अभियानको सुरुवात गरिएको उनले बताए । यो अभियानले पश्चिम क्षेत्रका विरामिलाई टेवा पुग्ने विस्वास लिइएको छ ।

सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा कार्यरत नर्स तथा चिकित्सकलाई बाल क्यान्सरको उपचार सम्बन्धी २ दिने अभिमुकरणसमेत सम्पन्न गरिएको छ । यो तालिम तथा अन्तरक्रियालाई निरन्तरता दिइने अस्पतालले जनाएको छ । खजुरामै अधिकाश बाल क्यान्सरका उपचार सम्भव रहने अस्पतालका कार्यकारी निर्देशक डा कृष्णप्रसाद आचार्यले बताए । उनले बाल क्यान्सर उपचार सम्बन्धि अभिमुखिकरण गर्दै गर्दा एक बालिकाले समेत उपचार सेवा लिन आएको र ति बालिकाको उपचार खजुरामै गर्नका लागी आवश्यक कदम चालिएको बताए । अस्पतालले सेवा विस्तार गर्ने क्रममा बाल क्यान्सर रोगको उपचार सेवा शुरु गर्न लागिएको बताउँदै आवश्यक जनशक्ति परिपूर्ति गरिने कार्यकारी निर्देशक डा. आचार्य बताउँछन् । एक हप्तामा प्रार्कि थेरापि ( इन्टरनल सेकाई सेवा )सुरु गर्ने काम गरिने अस्पतालले जनाएको छ । एक वर्ष भित्र रेडियसन थेरापि पनि सुरु गर्ने सोचाईमा अस्पताल रहेको कार्यकारी निर्देशक डा. आचार्यले जानकारी दिए ।

अस्पतालले सेवा विस्तार गर्दै लिए पनि जनशक्तिको भने ठूलो चुनौती रहेको छ । अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसी स्थायी दरबन्दी नहुँदा करारमा जनशक्ति टिकाउन निकै मुस्किल परेको बताउँछन् । उनले अस्पताललाई पूर्णरुपमा संचालन गर्नका निम्ति रेडियसन सेकाई मेसिन प्रक्रियामा रहेको र दरबन्दी परिपूर्तिका लागि मन्त्रालयसंग पहल गरिरहेको बताए । साविक मध्य तथा सुदूरपश्चिम क्षेत्रका जनताको उपचारको केन्द्र विन्दुको रुपमा रहेको खजुरा स्थित सुशील कोइराल प्रखर क्यान्सर अस्पताल पूर्णरुपमा संचालनमा आउन सके यस क्षेत्रका जनतालाई निकै सहज हुने देखिन्छ ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech