सुरक्षित बैदेशिक रोजगार सम्बन्धि प्रहरीसंग अन्तरक्रिया

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ सुरक्षित बैदेशिक रोजगार सम्बन्धि जिल्ला तहमा प्रहरीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वातावरण तथा ग्रामिण विकास केन्द्र (इन्रुडेक) बाँकेद्धारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले संशोधित बैदेशिक रोजगार नियमावलीले प्रदान गरेको प्रजिअ को भुमिका र आप्रवासी स्रोत केन्द्रसंगको सहकार्यको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी प्रहरी निरिक्षक ईश्वर राज गिरीले बैदेशिक रोजगारीलाई शोषण रहित बनाउन नेपाल प्रहरीको भुमिकाको विषयमा कार्यपत्र पस्तुत गरेका थिए भने सामी परियोजनाकी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले बैदेशिक रोजगारको वर्तमान अवस्था, अवसर र चुनौतीको विषयमा प्रस्तुतीकरण गरेकी थिइन ।

परियोजना संयोजक मिना चौधरीले सञ्चालन गरेको कार्यक्रममा इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायाले स्वागत गरेका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रका २० बढी प्रहरीहरुको सहभागिता रहेको थियो । नेपाल सरकार र स्विस सरकारको दुइ पछिय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा वातावरण तथा ग्रामिण विकास केन्द्र (इन्रुडेक) द्धारा बाँकेको नेपालगञ्ज उप—महानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा सो सामी परियोजना संचालित छ ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech