काफ्ले समाजमा अम्विका

असल शासन प्रतिनिधि

नेपालगञ्ज/काफ्ले समाज बाँकेको अध्यक्षमा अम्बिका काफ्ले निर्विरोध अध्यक्ष भएकि छन् ।

सोमवार नेपालगञ्जमा सम्पन्न काफ्लेहरुको भेलाबाट अम्बिका अध्यक्ष पदमा निर्बिरोध भएकि हुन् ।

तीन बर्षे कार्यकालका लागि तीन उपाध्यक्ष सहित ६ जना पदाधिकारीहरु सर्बसम्मत भएका छन् ।

सर्बसम्मत उपाध्यक्षहरुमा क्रमशः दुर्गा प्रसाद काफ्ले, डिला कुमारी काफ्ले र उत्सव काफ्ले रहेका छन् भने सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः अमृता काफ्ले, उमेश काफ्ले र राजेन्द्र काफले रहेका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः लक्ष्मी काफ्ले, कृष्ण काफ्ले, भाष्कर काफ्ले, नारायण प्रसाद काफ्ले र नेत्रा काफ्ले रहेका छन् । निबर्तमान अध्यक्ष धनद प्रसाद काफ्लेको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech