कोभिड बिरुद्ध मिलापको सहयोग

असल शासन प्रतिनिधि

बाँके/गैरसरकारी संस्था महासंघ नेपाल बाँकेको सहजिकरणमा मिलाप नेपालगन्जले नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

कोभिड प्रतिकार्यका लागि मिलापले आईएनएफ अष्ट्रेलिया, अष्ट्रेलियन एड लगायतको सहयोगमा उक्त सामाग्री सहयोग गरेका हो ।

सोमवार कार्यबाहक उपमहानगर प्रमुख उमा थापा मगरलाई मिलापका संस्थापक अध्यक्ष रमेश रेग्मी, सचिव अजय तामांग, कार्यक्रम संयोजक प्रेमा रोकाय रेग्मी, सृजना गैरेले १ लाख १ हजार ६ सय २५ रुपैयाँ बराबरको उक्त सामाग्री सहयोग हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले कोभिडको महामारीमा गैससहरुले उल्लेख्य सहयोग गरेको बताए । कार्यक्रममा बोल्दै कार्यबाहक उपमहानगर प्रमुख उमा थापा मगरले सहयोगका लागि आभार व्यक्त गरिन् ।

मिलापले हस्तान्तरण गरेका सामाग्रीहरुमा सेनिटाईजर, सर्जिकल मास्क, ग्लोव्स, एन ९५ मास्क, सेफ्टि गगल्स, ह्याण्ड वास, ग्लोकोमिटर, ह्याण्ड सेनिटाईजर, फेस सिल्ड, सर्जिकल ग्लोव्स, अक्सिजन मास्क र पल्स अक्सिमिटर हेका छन् ।

यसैगरी गैरसरकारी संस्था महासंघ नेपाल बाँकेको सहजिकरणमा मिलाप नेपालगन्जले भेरी अस्पताल नेपालगन्जलाई कोभिड प्रतिकार्यका लागि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

भेरी अस्पताल बिकास समितीका सदस्य कृष्ण प्रसाद श्रेष्ठलाई मिलाप टिमले ७८ हजार ९ सय ८० रुपैयाँ बराबरको सामाग्री सहयोग हस्तान्तरण गरेको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले सहयोगका लागि आभार व्यक्त गरे । मिलापले मास्क, बेडसेट, ग्लोव्स लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

यसैगरी मिलाप नेपालगन्जले गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखालाई अटोमेटिक स्यानिटाईजर डिस्पेन्सर मेसिन सहयोग गरेको छ । महासंघको कार्यालयमा मिलापले सहयोग हस्तान्तरण गरेको हो ।

सचिव आशिष बर्माले सञ्चालन गरेको कार्यक्रममा महासंघका अध्यक्ष नमस्कार शाह, कोषाध्यक्ष निर्मला सुनार लगायतलाई मिलापका संस्थापक अध्यक्ष रमेश रेग्मी, कार्यक्रम संयोजक प्रेमा रोकाय रेग्मी र सृजना गैरेले संयुक्त रुपमा उक्त मेसिन हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा महासंघका अध्यक्ष शाहले सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech