मृत अवस्थामा भेटियो जंगली हात्ती

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राजापुरमा मृत अवस्थामा हात्ती फेला परेको छ । नेपाल–भारत सीमा नजिक पर्ने बर्दियाको राजापुर नगरपालिका १० ढुण्डिपुर गाउँमा जंगली हात्ती मृत अवस्थामा फेला परेको हो ।

गाउँको गहुँ–तोरी खेतमा मंगलबार बिहान जंगली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डाक्टर रबिन कडरियाले जानकारी दिए । मृत हात्तीलाई विद्युतीय धरापमा करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

केही दिनदेखि जंगली हात्तीले गाउँमा बालिनाली र घरगोठमा क्षति पुर्‍याउन थालेको थियो । तीन दिनअघि मात्रै जंगली हात्तीको आक्रमणबाट एकको ज्यान गएपछि स्थानीयवासी आतंकित एवम् आक्रोशित थिए । सोही कुरालाई मध्यनजर गर्दै जंगली हात्ती मृत्युकोे पछाडि स्थानीयले विद्युतीय धराप राखेको हुनसक्ने अनुमान गरिएको छ ।

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech