सवारी दूर्घटना न्यूनीकरणकालागि स्लोवाईक प्रतियोगिता

असल शासन प्रतिनिधि

नेपालगन्ज / बढ्दो सवारी दूर्घटना न्यूनीकरणका लागि सचेतना मुलक स्लो वाईक प्रतियोगिता गरिएको छ ।
बास नेपाल नेपालगन्ज, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज र एमएस ट्रेड इन्टरनेशनल (हिरो शोरुम) नेपालगन्जको आयोजनामा आज नेपालगन्जको न्यूरोडमा स्लो वाईक प्रतियोगिता गरिएको हो ।


ट्राफिक नियमको पालना गर्दै सवारी चलाउने र तिब्र गतिलाई निरुत्साहित गर्न उत्प्रेरित गर्न आयोजना गरिएको प्रतियोगिताबाट निर्धारित २ सय मिटरको दुरी ४ः२३ः९७ समयमा पुरा गर्दै डुडुवा गाँउपालिका ४ कम्दिका राजु खानले प्रथम स्थान हासिल गरेका छन् । यसरी गरी कोहलपुर नगरपालिका वडा नम्बर ९ का सन्दिप यादबले ३ः२७ः५० समयमा निर्धारीत दुरी पार गर्दै द्धितिय, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का बिष्णु गिरीले ३ः१९ः०७ समय पार गर्दै तृतीय र खजुरा गाउँपालिकाका सोभित सिंहले २ः५९ः०९ समयमा दुरी पार गर्दै सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । यसरी प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद रु. १० हजार, ७ हजार, ४ हजार र २ हजार, प्रमाण पत्र प्रात्त गरेका छन् । प्रतियोगिहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र कुमार जोशी, प्रतियोगिताका निर्णायक एम एस ट्रेड इन्टरनेशनल नेपालगन्जका प्रमुख माधब अर्याल, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख दिल्ली खड्का, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगायत अतिथिहरुले गरेका थिए ।


प्रतियोगिताको उद्घाटन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बढ्लो सवारी दूर्घटना न्यूनीकरणका लागि जनचेतना अभिबृद्धी गर्न कार्यक्रम सफल हुने बताए । आम नागरिकहरुको लापरवाही तथा नियमको पालना गरेमा दूर्घटनाका घट्नाहरु नघट्ने बताउदै सबैले सुस्त गतिमा सवारी चलाउने र ट्राफिक नियमको पालना गर्ने तर्फ सचेत र सजग हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्था तथा निकायलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले प्रशंसा पत्र प्रदान गरेका थिए ।
बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्र कुमार जोशीले गरेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए । प्रतियोगितामा ५१ जनाको सहभागिता रहेको थियो ।


बास नेपाल नेपालगन्ज, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज र एमएस ट्रेड इन्टरनेशनल (हिरो शोरुम) नेपालगन्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँके, ट्राफिक प्रहरी कार्यालय बाँके र रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको थियो । बासले स्लो वाईक प्रतियोगितालाई नियमति रुपमा गर्ने जनाएको छ ।

 

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech