मन्दिरबाट मूर्ति चोरी गर्ने पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको रामजानकी मन्दिरबाट देवी देवताको मूर्ति चोरी गर्ने एक जना पक्राउ परेका छन् । तीन थान मूर्तिसहित मन्दिरबाट विभिन्न सामग्री चोरी गरेर लुकाएर राखेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका– १ का २५ वर्षीय असरफ बागवानलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

मन्दिर परिसरबाट मूर्ति सामानहरु चोरी भएपछि खोजी गर्ने क्रममा पक्राउ परेका असरफबाट देवीदेवताका तीन थान मूर्ति, नाग देवताको दुई थान मूर्ति, पाँचवटा घण्टी तीनवटा त्रिशुल, चार थाना तामाको लोटा, एक थान आरती, आठ थान पाला छोप्ने ढक्कन बरामद गरेको प्रहरीले जनाएको छ ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech