सु-प्रसिद्ध समाजसेवी मोहम्मदि सिद्धिकीको सम्मान, सम्झनामा स्मारिका प्रकाशित

स्मारिकाको बिमोचन सम्पन्न

असल शासन प्रतिनिधि

बाँके/सुप्रसिद्ध समाजसेवी स्वर्गिय मोहम्मदी सिद्दिकीको सम्मान, सम्झनामा प्रकाशित मोहम्मदि सिद्धकी नामक स्मारिका बिमोचन गरिएको छ ।

गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाले फातिमा फाउण्डेसन नेपालको सहकार्यमा प्रकाशन गरेको सो स्मारिका पौष २२ गते बिमोचन गरिएको हो ।

स्वर्गिग मोहम्मदि सिद्धकीकी बहिनी फातिमा फाउण्डेसनकि अध्यक्ष मैमुना सिद्धिकी, छोराहरु अर्फात सिद्धकी, ईरफान सिद्धिकी, बुहारी हुमा अकतर, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य धर्मलाल रोकाय, बाँकेका अध्यक्ष नमस्कार शाह, पूर्ब अध्यक्ष तेज बिक्रम शाह लगायतले स्मारिका बिमोचन गरेका थिए ।स्वर्गिग मोहम्मदि सिद्धकीकी बहिनी फातिमा फाउण्डेसनकि अध्यक्ष, स्मारिका प्रकाशन समिति संयोजक तथा गैसस महासंघ नेपाल बाँकेकी सदस्य मैमुना सिद्धिकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष निर्मला सुनारले गरेकि थिईन् भने प्रकाशित पुस्तकका बारेमा पुस्तकका सम्पादक गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले बोलेका थिए ।

कार्यक्रममा बोल्दै छोरा ईरफान सिद्धिकीले आमाको अभाव सधैं भईरहने बताए । गैसस महासंघ नेपालका केन्द्रीय सदस्य धर्मलाल रोकाय र बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाहले मोहम्मदी सिद्धिकीको अभाव सधैं भईरहने उल्लेख गर्दै वहाँको सम्मानमा अक्षय कोष स्थापना गर्नुपर्ने बताए ।५० बढि गैससकर्मी, सिद्धकीको परिवारका सदस्यहरुको उपस्थितीमा भएको बिमोचन कार्यक्रमलाई समापन गर्दै स्वर्गिग मोहम्मदि सिद्धकीकी बहिनी फातिमा फाउण्डेसनकि अध्यक्ष, स्मारिका प्रकाशन समिति संयोजक तथा गैसस महासंघ नेपाल बाँकेकी सदस्य मैमुना सिद्धिकीले वहाँको व्यक्तित्व बारे चर्चा गर्दै वहाँको अभावमा जीवन अघि बढाउन असहज भएको बताईन् । कार्यक्रममा बोल्ले अधिकाँश बक्ताहरु भावबिह्रल बने, बोल्दा, बोल्दै भावुक भए । कार्यक्रमको सञ्चालन सचिव आशिष बर्माले गरेका थिए ।

पुस्तकको सम्पादन नमस्कार शाहले गरेका हुन् भने सम्पादन सहयोगीको रुपमा रमण वली र मुना बिष्ट रहेका थिए ।मोहम्मदि मुस्लिम समुदायकी पहिलो नेपाली समाजसेवि थिईन् । वि.सं. २०१५ सालमा बुुवा स्व. नूर महोम्मद सिद्दिकी र आमा हविवुन मिसाक सिद्दिकीको कोखबाट भारतको गोरखपुरमा जन्मिएकी सिद्दिकी नेपालगञ्ज एकलैनी टोलकी स्थानीय बासिन्दा थिईन् ।

२०४८ साल देखि अनवरत समाज सेवा र राजनीतिमा जीवन व्यतित गर्नुभएकी मोहम्मदि २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा उनी साविक नेपालगन्ज नगरपालिका–९ को वडा अध्यक्षमा काँग्रेसको तर्फबाट चार जना पुरुष उमेदवारलाई पराजित गरि उहाँ भारी मत अन्तरले विजयी समेत भएकि थिईन् ।२०५४ सालको स्थानीय निर्वाचनमा नेपालगन्जको उपमेयरको उमेदवार बनेकी उनी २०६४ सालको संविधान सभामा नेपाली काँग्रेसका तर्फबाट संविधान सभा सदस्य भएकि थिईन् ।

नेपालगंजको पुरानो संस्था नारी कल्याणमा १४ वर्ष सम्म सचिवको पदमा रहेर काम गरेकि उनले २०६१ सालमा फातिमा फाउण्डेशनको स्थापना गरेकि थिईन् ।

खासगरी मुस्लिम, मधेसी र पछाडी पारिएका समुदायको हक अधिकार सुनिश्चित गर्ने र राज्यको मुलधारमा ल्याउने उद्देश्य राखेर उनले फातिमा स्थापना गरेकि थिईन् । उनले फातिमा मार्फत हजारौँ महिलाहरुलाई सीप सिकाएर आत्म निर्भर बनाईन् । सयौं महिला र पुरुषको नेतृत्व विकास, क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने कार्यमात्र गरिनन् त्यत्तिकै संख्यामा मधेशी, मस्लिम महिलाहरुलाई चुलो, चौकाबाट बाहिर निकाल्ले काम समेत गरेकि थिईन् ।

निरन्तरको त्याग र ईमान्दारिताका कारण समुदायको मन जित्न सफल भद्र स्वभावकी सिद्धिकीको २०७८ बैशाख ११ गते कोभिडको संक्रमणका कारण निधन भएको थियो ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech