राप्तीसोनारीमा १२६ छात्रालाई दोस्रो चरणमा साइकल वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको राप्ती सोनारी गाउँपालिकाले शुक्रबार कक्षा ११ र १२ का छात्राहरुलाई दोस्रो चरण निशुल्क साइकल वितरण गरेको छ । छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न राप्ती सोनारीले सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गरेको हो ।

कक्षा बढ्दै जाँदा विद्यालय छोड्ने क्रम बढेपछि गाउँपालिकाले कक्षा ११ र १२ का छात्राहरुलाई विद्यालयसँग जोड्ने उद्देश्यले आफ्नै लगानीमा निशुल्क साइकल वितरण गरेको हो ।

गुणस्तरीय शैक्षिक सुधारका लागी गाउँपालिकाले लक्ष्मी माध्यमिक विद्यालय मदुई र सरस्वती माध्यमिक विद्यालय भवानियापुरका कक्षा ११ र १२ सम्म अध्ययनरत आएका १ सय २६ जना छात्राहरुलाई दोस्रो चरणमा साइकल वितरण गरेको हो । साइकल वितरण कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले विद्यालय टाढा भएको बहाना बताउँदै कक्षा छोड्ने जनगुनासो आएपछि गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ सबै छात्राहरुलाई साइकल वितरण गरेको बताए ।

पालिकाले शिक्षालाई प्राथामिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै अध्यक्ष थारुले पालिकाका छात्राको विद्यालयसम्मको पहुँच पुराउन छात्रबृत्तिदेखि निशुल्क साइकल वितरण गरेको बताए । गाउँपालिकाले सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययनरत करिब ११ सय १७ जना छात्रालाई साइकल वितरण गरिने अध्यक्ष थारुले बताए । राप्ती सोनारी गाउँपालिकाले करिब ८० लाख बजेटमा ११ सय बढी छात्रालाई साइकल वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले जानकारी दिए ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech