शनिबारदेखि नेपालगन्जमा नकआउट फुटबल

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुसको २७ गते सम्म चल्नेछ ।

प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समूह ‘बी’ मा नेपालगन्ज–११, एफसी संघारी र सिद्धार्थ युथ क्लब रहेका छन । समुह ए र बी को विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुइ वटा खेल हुने फुटबल प्रशिक्षक सानु तामाङले बताए । पहिलो खेलमा रोयल नेपालगन्ज र सिटी युथ बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल एफसी संघारी र नेपालगन्ज–११ बिच हुनेछ । यसैगरी आइतबार पुस२५ गते सिद्धार्थ युथ क्लबले एफसी संघारी र नेपालगन्ज–११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech