कर्जालाई सही ठाउँमा उपयोग गरौंः अध्यक्ष थारु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सहकारी समृद्धिको मेरुदण्ड भएकाले सम्पूर्ण शेयर सदस्य सहकारीमार्फत् सामूहिक आर्थिक विकासमा लाग्नुपर्ने राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताएका छन् । जनसेवा स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाको १५औं वार्षिक साधारण सभामा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष थारुले यस्तो बताएका हुन् । उनले सहकारी संस्थाले शेयर सदस्यहरुको जीवनमा आर्थिक रुपमा सकारात्मक प्रभाव पार्नको लागि सहकारीबाट लिएको कर्जालाई सही ठाउँमा उपयोग गर्नु पर्नेमा जोड दिए । अध्यक्ष थारुले जनसेवा स्वावलम्वन सहकारीलाई भवन निर्माणका लागि पालिकाले सक्दो सहयोग गर्नेसमेत बताए ।

कार्यक्रममा सहकारीका अध्यक्ष बहादुर केसीले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै सहकारीको प्रगतिमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको निरन्तरता रहने अपेक्षा रहेको बताए ।

त्यसैगरी सहकारीका व्यवस्थापक हरिक्त वलीले आर्थिक बर्ष २०७७÷०७८ को ४ करोड, ७४ लाख ६६ हजार २ सय ६६ रुपैयाँ २१ पैसाको आय व्यव प्रस्तुत गरेका थिए । उनले चालु आर्थिक वर्ष २०७८÷०७९ मा सहकारीले ६ करोड १२ लाख २९ हजार २४ रुपैयाँ कारोबार गर्ने लक्ष्य रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारीमा बढी बालबचतकर्ता ४ जान, उत्कृष्ट ऋणी ३ जना, ज्येष्ठ नागरिक २ जना, दुध उत्पादन ७ जना, बचत कर्ता २ जना र शेयर खरिद १ जनालाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ का जनप्रतिनिधि कमारो केसी, कमला विक, संचालक समिति, लेखा समिति, ऋण समिति, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech