घरेलु मदिरा नियन्त्रणः काल्चेमा ७ सय लिटर कच्चा पदार्थ र १ सय लिटर रक्सी नष्ट

असल शासन प्रतिनिधि

सुर्खेत/ प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।  जिल्लाको गुर्भाकोट, मालारानी प्रहरी चौकीले उक्त घरेलु मदिरा नष्ट गरेको हो । घरेलु मदिरा रोकथामका लागि खोज तलास गर्दा गुर्भाकोट वडा १ काल्छे र घुमाउने ठाउँबाट उक्त मदिरा गरेको थियो ।

मदिरा रोकथामका लागि मालारानीका बुद्धिजीवी र राजनीति दलको निर्णयमा घरेलु मदिरा रोकथाम गर्ने सूचना प्रकाशित भएसँगै मदिरा रोकथाम नभएपछि चेकजाँच गर्दा काल्चे र घुमाउने ठाउँ बाट २५ घरधुरीबाट मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ ७ सय लिटर र रक्सी १ सय लिटर बरामद गरी नष्ट गरिएको मालारानी प्रहरी चौकीका असइ कुम्मेर बहादुर शाहीले जानकारी दिए ।

बरामद मदिरा गैरीबजारको ठूलो खोला पुलमा लगेर नष्ट गरिएको थियो ! प्रहरीले अहिलेसम्म ढाब, खरिगैरा र गैरिबजारबाट मदिरा बरामद गरी नष्ट गरेको प्रहरी असइ शाहीले जानकारी दिए ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech