रोयल र नेपालगन्ज–११ को जित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ उमेश रेग्मीको ह्याट्रिकको सहयोगमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा रोयल नेपालगन्जले सहज जित निकालेको छ । नेपालगन्ज रंगशालमा भएको प्रतियोगिताको पहिलो खेलमा रोयल नेपालगन्जले सिटी युथ क्लबमाथि ७–० गोलको जित निकालेको हो ।

सिटी युथ क्लबलाई जित दिलाउन उमेस रेग्मीले ह्याट्रिकको गरे । त्यस्तै संजय थापाले दुई गोल गर्दा सरोज चौधरी र नरेन्द्र ठकुरीले समान एक–एक गोल गरे ।

शनिबार नै भएको दोस्रो खेलमा नेपालगन्ज–११ ले एफसी संघारीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । निर्धारित समय गोल रहित सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो । जसमा एफसी संघारीमाथि नेपालगन्ज–११ ले ४–३ गोलले बाजि मार्‍यो ।
नेपालगन्ज रंगशालामा भइरहेको प्रतियोगिता पुसको २७ गते सम्म चल्नेछ । प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समुह ‘बी’ मा नेपालगन्ज–११, एफसी संघारी र सिद्धार्थ युथ क्लब छन् ।

यसैगरी आइतबार पुस २५ गते सिद्धार्थ युथ क्लबले एफसी संघारी र नेपालगन्ज–११ बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech