साढे ५ करोड बढी कारोबार गर्ने साना किसानको लक्ष्य

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्ती सोनारी गाउँपालिका वडा नं. २, कचनापुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड कचनापुरको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा संस्थाका प्रवन्धक अम्बर राज गौतमले आर्थिक बर्ष २०७७/०७८ को २ करोड २३ लाख ९७ हजार ७३ रुपैयाँ ४५ पैसाको आय व्यव प्रस्तुत गरेका थिए । उनले चालु आर्थिक बर्ष २०७८/०७९ मा सहकारीले ५ करोड ६७ लाख ७ हजार २५ रुपैयाँ कारोबार गर्ने लक्ष्य रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष दीर्घ बहादुर बुढाथोकीको सभापतित्वमा शनिबार सम्पन्न भएको कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार केशव राज पौडेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका ससाना किसानहरुको पुँजीलाई संकलन गरी उनीहरुको जीवनस्तर सुधार गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे । उनले किसानहरु साना नभई सबैभन्दा ठूला भएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै खाद्य तथा तरकारी उत्पादन सहकारी संस्थाका अध्यक्ष बिमला आचार्यले सहकारी संचालन गर्न त्यति सहज नभएकाले संस्थालाई दिगो र बलियो बनाउनका लागि सबै शेयर सदस्यहरुको समान जिम्मेवारी रहने बताइन् । उनले सहकारीमा आबद्ध भएर खाली बचत गर्ने र ऋिण लिने नगरी भविष्यका लागि सोचेर केही नयाँ कामको थालनी गर्नु पर्ने बताइन् । साधारण सभामा लेखा समितिका संयोजक मिन बहादुर सेजवालले वार्षिक आन्तरिक लेखा परीक्षण प्रस्तुत गरेका थिए ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech