दुई सहकारी मर्ज भएर ॐ श्रीशान्ति बहुउद्देयीयका नामबाट एकीकृत कारोबार सुरु

असल शासन प्रतिनिधि

काठमाण्डौं/ श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेड बानेश्वर काठमाडौं र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोङ्गबु, काठमाण्डौं एक आपसमा गाभिएर ॐ श्रीशान्ति बहुउद्देयीय सहकारीका नामबाट एकिकृत कारोबार सुरु भएको छ । शनिबार श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेडको २२ औं साधारण सभा र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभालाई एकीकृत साधारण सभाको रुपमा परिणत गरी बहुमत सदस्यको अनुमतिपछि एकीकृत कारोबार सुरु भएको घोषणा गरिएको हो ।

संयुक्त साधारण सभाले एकीकृत कारोबारको लागि अत्याधुनिक सफ्टवेयर प्रयोग गरी सदस्यहरुले जुनसुकै सेवा केन्द्रबाट सेवा लिन सक्ने र भविष्यमा सेवा केन्द्रहरुको विस्तार गरी कार्यक्षेत्रको समेत विस्तार गर्ने, ट्याब्लेट बैंकिङको सुरुवात गर्ने र आधुनिक सूचना प्रविधिको प्रयोग गरी सदस्यहरुलाई मोवाईल बैंकिङ सेवा समेत प्रदान गर्ने योजना तय गरेको संस्थाका अध्यक्ष गोविन्द शर्माले बताए ।

यसैगरी संस्थाले सदस्यहरुको लागि “जन्म देखि मृत्यु सम्म ॐ श्रीशान्ति सहकारी हरेक सदस्यको घरघरसम्म कार्यक्रम” अन्तर्गत सदस्य वीमा कार्यक्रमको सुरुवात गर्ने र संस्थाका सदस्यहरुलाई सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत महिला उपसमितिको समन्वयमा सदस्यहरु सुत्केरी हुँदा संस्थाबाट कपडा (लुगा) र रु.१,५०० भत्ता सहित भेटघाट गरी बधाई ज्ञापन कार्यक्रम लागू गरिएको शर्माले बताए ।
एकीकरण पश्चात् संस्थाको विनियम पुनर्लेखन गर्ने, आन्तरिक नीतिहरु परिमार्जन गर्ने र सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन २०७४ बमोजिम संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणहरु अध्यावधिक गर्ने कार्य गरिरहेको शर्माले बताए ।

अध्यक्ष शर्माले संस्थाको भावी कार्यक्रम र योजना अन्तर्गत समान प्रकृतिका संस्थाहरुसँग एकीकरण गर्ने, संस्थाको शेयर पूँजीको वृद्धि गरी ४ करोड पु¥याउने र निक्षेप वृद्धि गरी १४ करोड पु¥याउने र सदस्यहरुको वृद्धि गरी ४,५०० पुर्‍याउने लक्ष पेश गरेका थिए ।

साधारण सभाको उद्धघाटन गर्दै कम्पनी रजिष्टार कार्यालयका प्रमुख प्रदिपराज अधिकारीले पूँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी बढाउन अनुरोध गर्दै सम्बृद्धि र शान्ति सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

 

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech