माघ १५ गतेसम्म हिउँदे बिदा दिन सिसिएमसिसीको सिफारिस

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोरोना भाइरसका संक्रमित बढ्दै जानथालेपछि सरकारले माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरिएको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिकोे बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको हो ।

सिसिएमसिसी प्रवक्ता सुनिता नेपालले भनिन्,‘धेरै विद्यालयमा अहिले हिउँदे बिदा छ । त्यो हिउँदे बिदा माघ १५ सम्म पुर्याउनु भन्ने सिफारिस गरेका छौं,’ नेपालले भनिन्,‘कलेजहरूमा परीक्षालगायत कार्यक्रम सञ्चालन भइरहेको भए मापदण्ड पालना गर्न भनेका छौं ।’

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech