राप्ती सोनारीमा निशुल्क आँखा शिविर

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको राप्ती सोनारि गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । पुस २६ गते सोमबारदेखि माघ ६ गतेसम्म पालिकाको ९ वटै वडामा शिविर सञ्चालन हुने भएको हो ।

नेपाल नेत्रज्योति संघ बाँके फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको आयोजना तथा राप्ती सोनारी गाउँ पालिका र डाक फाउन्डेशनको सहकार्यमा निशुल्क आँखा शिविर सञ्चालन गरिन लागिएको हो । शिविरमा मोतिबिन्दु अप्रेसनका लागि छनोट भएका बिरामीहरूको फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा निशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।

शिविरमा ४० वर्ष नाघेका बिरामीहरूलाई बढी लाभदायी हुने विश्वास लिइएको राप्ती सोनारी गाउँ पालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । अध्यक्ष थारुका अनुसार गाउँ पालिकाको वडा नम्बर १ खासकुश्मा स्वास्थ्य चौकी कुसुममा पौष २६ गते सोमबार, वडा नम्बर २ कचनापुर स्वास्थ्य चौकीमा २७ गते मंगलबार, वडा नम्बर ८ आधारभूत स्वास्थ्य केन्द्र शम्सेरगञ्जमा २८ गते बुधबार, वडा नम्बर ९ माहदेपुरी स्वास्थ्य चौकी ढकेरीमा पुस २९ गते बिहीबार, वडा नम्बर ३ आधारभूत स्वास्थ्य केन्द्र भवानियापुरमा पुस ३० गते शुक्रबार शिविर सञ्चालन गरिने छ ।

त्यस्तै वडा नम्बर ४ मा माघ ३ गते राप्ती सोनारी अस्पताल बैजापुरमा, वडा नम्बर ५ मा माघ ४ गते विनौना स्वास्थ्य चौकी विनौनामा सञ्चालन गरिने भएको छ । साथै वडा नम्बर ७ मा फत्तेपुर स्वास्थ्य चौकी र वडा नम्बर ६ मा आधारभूत स्वास्थ्य केन्द्र कमैया डाँडामा निशुल्क आँखा शिविर सञ्चालन गरिने हुँदा पायक पर्ने स्थानमा आएर सेवा लिन गाउँ पालिकाका अध्यक्ष थारुले आग्रह गरेका छन् ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech