राप्तीसोनारी अस्पतालले दिने सेवालाई प्रभावकारी बनाउन ध्यानाकर्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज– बाँकेको राप्तीसोनारीमा रहेको राप्तीसोनारी अस्पतालबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन  वडा नम्बर ४ लाई ध्यानाकर्षण गराइएको छ । मानव अधिकार समूह राप्ती सोनारीका संयोजक धनी वली र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला सहजकता लक्ष्मी कुमारी थारुले संयुक्त रुपमा आइतबार वडा अध्यक्ष कान्छा थारुलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षणमा राप्ती सोनारी अस्पतालमा ७० प्रकारको औषधी नभई स्वास्थ्य चौकीले दिने हुँदा बिरामीलाई मेडिकलमा किन्नु पर्ने भएकोले तत्काल व्यवस्था गर्न, अस्पतालमा आवश्यक जनशक्तिको छिटो व्यवस्थापन गर्न, अस्पतालमा एक्स रे मेसिन सेवा सुचारु गर्न, अस्पतालमा वर्थिङ सेन्टरमा हिटरको व्यवस्था गर्न र एमरजेन्सी सेवा सुचारु गर्न माग गरिएको छ ।

जनताबाटै चुनिएका प्रतिनिधिले संविधान सभाबाट बनाएको नेपालको नयाँ संविधानमा भाग ३ मा नागरिकको आधारभूत मानव अधिकाकरलाई धारा १६ देखि ४६मा मौलिक हकको रुपमा सुरक्षित गरेका छ । संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक अन्तर्गत नागरिकले राज्यका तर्फबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, त्यस्तो सेवा प्राप्त गर्न वञ्चित नगरिने, त्यस्तो सेवा तथा उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने तथा नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच हुनेसम्मका हकहरू प्रदान एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको कुरालाई ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

स्थानीय तह (सरकार) जनताको सबै भन्दा नजिकको सरकार भएकाले नागरिकले सबै भन्दा बढी आशा, भरोषा, अपेक्षा गरेका हुन्छन् । स्थानीय सरकारले पनि जनताले आत्मपूर्वक बाच्नका लागि दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्न स्वास्थ्य क्षेत्रमा भोगिरहेको समस्यालाई मध्यनजर गर्दै प्राथमिकताका साथ योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गरी नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न आवश्यक रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech