नेपालगन्ज स्र्पोटिङ फाइनलमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज स्र्पोटिङ क्लब बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्र्पोटिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

नेपालगन्ज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर बैकल्पिक खेलाडी बिभुसन केसीको सहयोगमा विकास पुनले ६३औं मिनेटमा गोल गर्दै नेपालगन्ज स्र्पोटिङ क्लबलाई अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा बिभुसनले नैं गोल गर्दै नेपालगन्जको अग्रतालाई दोब्बर बनाएका थिए । अब नेपालगन्जले मंगलबार रोयल नेपालगन्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी सुरु भएको प्रतियोगितामा बाँकेका ५ क्लबले भाग लिएका छन । प्रतियोगिता पुसको २७ गते सम्म चल्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech