सार्वजनिक निकायमा जाँदा खोप कार्ड देखाउनुपर्ने

असल शासन प्रतिनिधि

नेपालगन्ज/ माघ ७ गतेदेखि सरकारीसहित सार्वजनिक निकायमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले गरेको छ ।

सार्वजनिक स्थानहरू जस्तै कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेशको व्यवस्था मिलाउने गरी आगामी माघ ७ गतेदेखि लागू गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरिएको छ।

यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ ।

सरकारी कार्यालयमा प्रवेशका लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने निर्णय गरे‍को सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी छिन्।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech