बाघ नियन्त्रणमा ल्याउन ध्यानाकर्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके जिल्लाको राप्ती सोनारी गाउँ पालिका र नरैनापुर गाउँपालिका अन्तरर्गत पर्ने सामुदायिक बन र राष्ट्रिय निकुञ्जको बन क्षेत्रहरुमा विगत ३ महिनादेखि जंगली पाटेबाघको आर्कमणमा परेर ४ जनाको ज्यान गइसकेको भन्दै बाघलाई तत्काल नियन्त्रणमा लिन प्रशासनलाई ध्यानाकर्षण गराइएको छ ।

बाघले दिन प्रतिदिन पशु चौपाय, बालि बालिको समेत नोक्सानी गरिरहेको छ । यसरी बाघले स्थानियलाई दुख दिइरहेको बेला सरोकारवालाहरुले कुनै पनि चासो व्यक्त नगरेको हुदाँ राप्ती सोनारीका राजनैतिक दल तथा सरोकारवालाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४,५,६ र ७ का सम्पूर्ण जनतालाई आतंकित र त्रसित बनाएको नरभक्षी बाघलाई तत्काल नियन्त्रणमा लिई जन जीवनलाई सहज बनाउन चार बुँदे मागसहित सम्पूर्ण सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण पत्रमा  अभिलम्ब नरभक्षी बाघलाई नियन्त्रणमा लिइनुपर्ने, बाघको आर्कमणबाट मृत्यु भएको परिवारलाई क्षति पूर्ति तथा राहत उपलव्ध गराउनुपर्ने, त्रसिद मानव जीवनलाई तत्काल सहजको अनुभूति दिलाउनु पर्ने र जिपिएस प्रणालीबाट बाघको निगरानी राखी सर्वसाधारणका लागि सूचना केन्द्र स्थापना गर्नु पर्ने उल्लेख छ ।

उक्त माग बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री मार्फत् सम्बन्धित सरोकारवालाहरु माझमा राखिएका हुन् ।

ध्याकर्षण पत्र बुझ्दै जिल्ला अधिकारी खत्रीले आफू पनि यस विषयमा गम्भीर भएको बताउँदै बाघ नियन्त्रणका लागि प्रयास भइरहेको बताए । उनले बाघ आक्रमणमा परेकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब उप्रान्त यस्तो अप्रिय घटना नघटोस् भन्ने उद्देश्यसाथ बाघ नियन्त्रणका प्रयास भइरहेको बताए ।

राप्तीसोनारीस्थित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी दलका नेताले ध्यानाकर्षण बुझाउने क्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी ,डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेल, बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

उता राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष जनक बहादुर थारुको अध्यक्षतामा बसेको बैठकले पनि बाघ छिटो खोजी गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech