राप्ती सोनारी र भूमि आयोगबीच सम्झौता

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राप्ती सोनारी गाउँपालिका र भूमि आयोगबीच सम्झौता भएको छ । राप्ती सोनारी गाउँपालिका भित्र रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न राप्ती सोनारी गाउँपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच सम्झौता भएको हो ।

आयोगमार्फत् यसअघि भएका कामलाई पुनः अगाडि बढाउन काठमाडौँमा राप्ती सोनारी गाउँपालिका र आयोग बिच सम्झौता भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थिमिा आयोगका पदाधिकार र राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सम्झौता पत्रमा सम्झौता गरेका हुन् ।

सम्झौतापश्चात् राप्ती सोनारीमा रहेका सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न सहज हुने बताउँदै अध्यक्ष थारुले भने,‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न राप्ती सोनारी गाउँपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच सम्झौता भएको छ, यसले अब लालपुर्जा वितरण गर्न सहज हुनेछ ।’

आफूले चुनावी प्रतिस्पर्धामा रहँदा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेको बुँदालाई यसपटक समाधान गर्न थालेको उनले बताए । ‘मेरो चुनावी घोषणा पत्रमा लालपुर्जा वितरण गर्ने बुँदा लेखेको थिएँ,’ उनले भने,‘त्यही अनुसार अब राप्ती सोनारीका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई उनीहरुले भोग चलन गरिरहेको जग्गा उनीहरुकै नाममा गरेर लालपुर्जा वितरण गरिने छ ।’

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech