धनगढीमा नगर प्रमुखसँग समन्वयात्मक बैठक

ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रण र कोभिड १९ पुर्ण खोप युक्त पालिका घोषणा गर्ने बिषयमा छलफल ।

असल शासन प्रतिनिधि

धनगढी / कैलालीको धनगढी उप–महानरगपालिकालाई कोभिड १९ पुर्ण खोप युक्त पालिका घोषणा गर्ने बिषयमा समन्वयात्मक बैठक भएको छ ।
मंगलबार धनगढी उपमहानगरपालिकामा प्रमुख नृप वडसँग युनिसेफ नेपाल र बास नेपालको समन्वयात्मक बैठक भएको हो । बैठककको क्रममा धनगढी उपमहानगरपालिका भारतसँग सिमा जोडिएको पालिका समेत भएकाले ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अनिवार्य मास्क अभियान सञ्चालन गर्ने, धनगढी उपमहानगरपालिकालाई पुर्ण कोरोना खोप युक्त नगरपालिका घोषणाको लागि अभियानलाई तिव्रता दिने लगातय बिषयमा छलफल भएको थियो ।

बैठकमा नगर प्रमुख वडले सहकार्य र समन्वयलाई निरन्तरता दिदै ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रण र कोभिड १९ पुर्ण खोपयुक्त नगरपालिका घोषणाका लागि अभियान अगाडी बढाउने बताए । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको र कोरोनाको जोखिम अझै बढ्न सक्ने भन्दै नगर प्रमुख वडले नगरलाई सबैको सहयोग र सहकार्य आवश्यक हुने बताए। कोभिड १९ पुर्ण खोप युक्त पालिकाका लागि प्रत्येक वडामा स्वयमसेवक परिचालन गर्ने, सार्वजनिक तथा भिडभाड हुने ठाउँमा सन्देश मुलक ब्यानर टाँस गर्ने, स्वास्थ्य स्वमसेविकाहरु परिचालन गर्ने, सञ्चार माध्यममा सुचना सन्देश तथा जनचेतना मुलक कार्यक्रमहरु प्रसारण गर्ने प्रतिबद्धता गरे ।
बैठकमा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले युनिसेफ नेपालले कोभिड १९ बिरुद्ध सञ्चालन गरिहेका क्रियाकलाप र आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा जानकारी गराएका थिए । उनले कोभिड १९ पुर्ण खोप युक्त पालिका घोषणा गर्न र ओमिक्रोन बिरुद्ध सचेतना अभियान सञ्चालन गर्न आवश्यक सहकार्य गर्ने बताए ।
बैठकमा बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनिले धनगढी उपमहानगरपालिकाको सहकार्यमा धनगढीमा कोभिड १९ बिरुद्ध खोप नलगाएका ब्यक्तिहरुको खोजी गर्दै उनीहरुलाई खोप लगाउन घरदैलो लगायत गरिरहेको जनाउदै नगरपालिकासँगको सहकार्यमा युनिसेफ नेपालको सहयोगमा बासद्धारा सञ्चालीत सामाजिक विकासका लागि जोखिमपूर्ण सञ्चार कार्यक्रम अन्तरगत युवा स्वयम्सेवक परिचालन गर्दै अभियानमा पूर्ण सहयोग र सहकार्य गर्ने बताए । बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा बाल संरक्षण र विकासका लागि सञ्चार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech