कैलालीमा मन्त्री सवार गाडी दुर्घटना

असल शासन प्रतिनिधि

धनगढी / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी कैलालीको गेटामा दुर्घटना भएको छ।
धनगढी विमान स्थल देखि कन्चनपुरको महेन्द्रनगर जान लागेका मन्त्री आले सवार सुप प्रदेस ०१०० १ झ ३३३ नम्बरको गाडी दुर्घटना भएको
हो । कैलाली प्रहरीले दिएको जानकारी अनुसार बा ४ च १३७७ नम्बरको कारले गाईलाई ठक्कर दिएपछि अनियन्त्रीत भएको र मन्त्री सवार गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनामा कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात अर्को गाडी प्रयोग गरेर मन्त्री आले भने महेन्द्रनगरका लागि गईसकेको बताईएको छ ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech